काठमाडौं । जिल्ला प्रशासन कार्यालयले हिजो तिनकुने क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ ।
राजवादीहरुको प्रदर्शन हिंसात्मक भएसँगै हिजो प्रशासनले त्यस क्षेत्रका विभिन्न स्थान कर्फ्यु लगाएको थियो ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो ।
राजवादीहरुको प्रदर्शन हिंसात्मक भएसँगै हिजो प्रशासनले त्यस क्षेत्रका विभिन्न स्थान कर्फ्यु लगाएको थियो ।
प्रशासनले अहिले बिहान ७ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेको थियो ।