काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणमा भएका अनियमितता छानबिन गर्न भन्दै पूर्वन्यायाधीश हरिकुमार पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको आयोगको प्रतिवेदनमा उल्लेख भए लगायत अन्य विषयहरुको समेत छानबिनका लागि समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
एकजना प्राविधिक कर्मचारी तथा एकजना चार्टर्ड एकाउन्टेन्ट सदस्य पनि आयोगमा रहने निर्णय भएको पनि उनले बताए ।