काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा भएका छन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ) लाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्रीसमेत रहेका सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनलाई प्रदेश समन्वय विभाग नक्सालमा पदास्थपन गरिएको छ ।ले जानकारी दिए ।