KLANG, MALAYSIA - JULY 17 : Pictures from the Semifinal 2 match between UAE and Nepal during the ACC Women's U19 Premier Cup 2026 at Bayuemas Oval on July 17, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौं । नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएको छ ।
शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल सुपर ओभरमा युएईसँग पराजित भएको हो ।
युएईले दिएको १०१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा १०० रन बनाएर अलआउट भएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो । सुपर ओभरमा नेपालले केवल ६ रन मात्र बनाए पछि युएईले ३ बलमै सो लक्ष्य पुरा गरेको थियो ।
योसँगै नेपाल फाइनलमा पुग्न असफल भएको छ । तर नेपाल महिला यू-१९ एशिया कपमा भने छनौट भएको छ ।



