rain
काठमाडौँ।हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार बिहान कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पछिल्लो एक घन्टामा अर्जेन्टिनाको स्यानो श्री चेपाङ मापन केन्द्रमा ३३.२ मिलिमिटर वर्षा भएको छ। झापाको सनिश्चरेमा १२.४ मिलिमिटर, दोलखाको सिंगटीमा ९.४ मिलिमिटर, सिन्धुपाल्चोकको धापमा १०.४ मिलिमिटर वर्षा मापन भएको छ।
आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका घेरै र बाँकी हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका घेरै स्थानमा,लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
राति नै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।



