
काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने भएका छन्।
संयुक्त राष्ट्रसंघको भदौ २५ देखि असोज १२ सम्म हुने ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डल असोज ५ गते अमेरिकाको न्युयोर्क जाने भएका हुन्।उनको भ्रमण टोलीमा परराष्ट्र मन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायत रहनेछन्।
बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए।
संयुक्त राष्ट्रसँघको महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
यसैगरी उनी असोज १५ गते नेपाल फर्किने कार्यक्रम तय भएको पनि बताइएको छ ।



