
काठमाडौँ।नेकपा एमाले संसदीय दलका रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिले राष्ट्रिय संकटको स्थिति सिर्जना गरेको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा दलको तर्फबाट बोल्दै प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको छ भनेर अभिव्यक्ति दिनु गम्भीर भएको बताउँदै सदनमै आएर सच्याउनुपर्ने बताएका हुन्।
‘प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको छ भन्नुभएको छ। त्यो ऐतिहासिक तथ्यसँग मेल खाँदैन। अहिले नेपाली सेना प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी गरिरहेको छ। रास्वपाका सांसद प्रमाण खोज्न हिँडेका छन्,’ उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई भदौ २३ र २४ गतेको आन्दोलन, रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणको एकदिन अघि सन्देश दिने गरी गरिएको लगायत डटहरू जोडेर हेर्नुपर्छ। तब मात्रै हामी निष्कर्षमा पुग्छौं।’
दल नेता बादलले परराष्ट्रमन्त्री खनालको आज सदनमा प्रधानमन्त्रीकातर्फबाट दिएको प्रष्टीकरण चित्तबुझ्दो नभएको, प्रधानमन्त्रीको अभिव्यक्ति खण्डन नगर्ने बताए।
