काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४ हजारले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६४ हजार ५ सय तोकेको छ।
यही कात्तिक १५ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७१ हजार रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी ५५ रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।