
कविता
देन एण्ड नाउ
ईश्वर पोखरेल
फेसबुकमा आउने
‘देन एण्ड नाउ’मा
खुब चासो थियो-एकताका
जतिबेला
‘देन’मा जुँगाको रेखी बसेको फोटो
र, ‘नाउ’मा जुँगामुठे फोटो
राख्न पाइन्थ्यो
जुँगा फुल्न लागेपछि
फेसबुकको ‘देन एण्ड नाउ’
देख्दा पनि झर्को लाग्छ।
लाग्छ-
अचेल मसंग यो
मलाई जे देखाउन मन छैनस
त्यही माग्छ ।


