
काठमाडौँ । आर्थिक घोटलाको आशंकामा दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ।
बुधबार छापा मारेर सीआईबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत गरेको छ ।
एक्कासि टोली आएर छापा हानेको छ ।
सीआईबीले छापा हान्दा डिडिसीका महाप्रबन्धक डा.शरण कुमार पाण्डे कार्यालयमा थिएनन् ।

