काठमाडौँ। प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनी सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनी आजै संसदीय सुनुवाइबाट अनुमोदित भएका थिए । लगत्तै शपथ ग्रहण गराइएको थियो ।
संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतकाले विरोध पनि गरिरहेका छन् ।