काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
मंगलबार बसेको समितिको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।
समिति सभापति बोधनारायण श्रेष्ठले सर्वसम्मत अनुमोदन भएको जानकारी दिए ।
वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।