काठमाडौँ। कपन साहित्य समाजले हरेक महिनाको पहिलो शनिबार बिहान आयोजना गर्दै आएको कसास काव्य वाचनको आठौं शृङ्खला शनिबार भयो ।
समाजका अध्यक्ष गणेश मिश्रको सभापतित्वमा सप्पन्न सो कार्यक्रममा साहित्यकारहरु कृष्ण धरावासी,ओमप्रसाद कोइराला, रामचन्द्र दाहाल,बुनपाका उपप्रमुख अनिता लामा,विसुकुमार केसी,नारायण नेपाल,दुर्गा अधिकारी भमरकोटे,पुष्पा दाहाल,रामेश्वर खनाल,चेवन बस्नेत ठुलाघरे,आल्फि फोहेन फाप्लुप्पा,कृष्णप्रसाद पौडेल जस्ताघरे,विश्वनाथ तामाङ,मन्जुकला बिमली,जमुना आचार्य,भावना बराल,गणेश मिश्र,लक्ष्मण अधिकारीले,प्रवीणचन्द्र पौडेल,अनिता महर्जन,पवित्रा चिमोरिया लगायतले रचना वाचन गरे ।
समाजका महासचिव लक्ष्मण अधिकारीले संचालन गरेको उक्त कार्यक्रममा अटिजम बालक सम्मान आचार्य विशेष स्रोताको रुपमा उपस्थित थिए ।