काठमाडौँ।विश्व बजारमा कच्चा तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले बढेर सन् २०२२ पछिको उच्चस्तरमा पुगेको छ ।
होर्मुज जलमार्गबाट हुने आपूर्तिमा लामो समयसम्म अवरोध पुग्न सक्ने चिन्ताका कारण तेलको मूल्य बढेको हो ।
इरानी निर्यातमा अमेरिकी नाकाबन्दी लम्बिने संकेत गरिएको छ । साथै, आणविक वार्तामा आएको अवरोधका कारण तेलको आपूर्ति लामो समयसम्म अभाव हुने डरले बिहीबार पनि कच्चा तेलको मूल्यमा वृद्धि भएको बताइएको छ ।
यो रिपोर्ट सार्वजनिक भएपछि विश्वव्यापी तेल मानक ‘ब्रेन्ट क्रुड’को मूल्य बढेर १२० डलर प्रतिब्यारेल पुगेको छ । यो ३१ मार्च पछिको एक महिनाकै उच्च स्तर हो । अमेरिकी ‘डब्लुटिआई क्रुड’ पनि उकालो लाग्दै १०७.०९ डलर प्रतिब्यारेल पुगेको छ ।