भक्तपूर ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।
५.९८ प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड भएका छन्। बोर्डका अनुसार २ लाख ८४ हजार १६० जना ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ जना ननग्रेडेड भएका छन्।
यो नतिजा अघिल्लो वर्षको तुलनामा चार प्रतिशत सुधार भएको बोर्डले जनाएको छ।
यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन्।
त्यसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन्।