काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई निरन्तर कर्मकाण्डी भन्दै कर्मकाण्डमा केही जलप लगाएर ल्याएको बताएका छन् ।
सदनको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको कार्यक्रमबारे कांग्रेस सांसद अर्जुननरसिंह केसीले निरन्तरमा कर्मकाण्डी भएको टिप्पणी गरेका हुन् ।
सोमबार सदनमा नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीसँग उनले ठूलो परिवर्तनको संकेत नदेखिएको बताए ।
“निरन्तर कर्मकाण्डी खालको नीति तथा कार्यक्रम छ । ठूलो परिवर्तनको दिशा पकड्नेछ भन्ने संकेत पाएको छैन,” उनले भने ।
उनले देशको स्रोत साधनको कमी र जनताको आकांक्षालाई सन्तुलन गरेर कस्तो बजेट आउँछ भन्नेमा पर्खनुपर्ने बताए । “एक्सन नहेरीकन । बजेटले कस्तो बाटो लिन्छ ? हेर्नुपर्छ,” उनले भने ।