काठमाडौँ। नेपाल स्रष्टा समाजको,बागमती प्रदेश तदर्थ समिति गठन भएको छ ।
शंकर भारतीको संयोजकत्वमा शुष्मा आचार्य,एलिसा ढुंगाना,सुशिल रिजाल,उद्धव सापकोटा, सत्या अधिकारी र उषा के.सी.सदस्य रहेको समिति गठन गरिएको हो ।
समाज केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र सदस्य मधु पाठकको उपस्थितिमा उक्त समिति गठन गरिएको हो ।
केन्द्रीय समितिको मिति २०८३ बैशाख २२ गते बसेको बैठकले निर्णयले समाजका केन्द्रीय कार्यसमितिका सदश्य शङ्कर भारतीलाई संयोजक तोकेको थियो ।
तदर्थ समितिले तीन महिनाभित्र प्रदेशको अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी पाएको शंकर भारतीले बताए ।
परिवर्तित प्रशासनिक संरचनामा नेपाल स्रष्टा समाजले पनि सातै प्रदेशमा आफ्ना प्रदेश समितिहरु विस्तार गर्ने क्रममा ६ वटा प्रदेशमा समितिहरु क्रियाशिल भैसकेको जानकारी अध्यक्ष रोदनले बताए ।