
पनौती,काभ्रे । पनौती नगरपालिका,न्यायिक समितिले आफ्ना गतिविधि सहितको ‘न्यायिक द्धिग्दर्शन’ पुस्तक सार्वजनिक गरेको छ ।
पनौती नगरपालिकामा बिहिवार आयोजित एक कार्यक्रममा नगरप्रमुख रामशरण भण्डारी,उपप्रमुख गीता बञ्जारा लगायतले उक्त पुस्तक सार्वजनिक गरे ।
जनप्रतिनिधी,मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारी एवं कर्मचारीहरुको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक भएको हो ।
नगरप्रमुख भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता उप्रमुख एवं न्यायिक समितिका संयोजक वञ्जाराले गरिन ।

स्वागत सदस्य शोभा कार्कीले गरेको उक्त कार्यक्रमको सञ्चालन महेश्वर जंगमले गरे । कार्यक्रममा लक्ष्मण माताछेंले स्वागत गीत प्रस्तुत गरे ।

दुई चरणमा सम्पन्न उक्त कार्यक्रमको दोस्रो चरणमा उजुरी प्रशासक रमेश थापाले कार्यक्रमको सहजीकरण गरे ।उक्त चरणमा मेलमिलापकर्ताहरुका गुनासा,वडागत मेलमिलाप विवरण प्रस्तुत लगायतका क्रियाकलाप सम्पन्न भएको थियो ।
