
काठमाडौं । वर्षको पहिलो दिन नेपाली बजारमा आज ( मंगलबार )सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलमा ३१ सयले बढेको हो । महासंघले आजका लागि प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँ तोकेको छ ।हिजो तोलाको दुई लाख ९६ हजार ७०० मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन चार हजार ९०० मा कारोबार भएको थियो ।



