
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया सम्पन्न भएको छ ।
उनको पित्तथैलीबाट २२ एमएमको ढुङ्गा निकालिएको चिकित्सकहरुले बताएका छन् ।शल्यक्रियापछि ओलीलाई आईसीयूमा सारिएको छ र उनी अस्पतालमै उपचाररत छन्।
चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य र स्थिर रहेको छ ।



