
काठमाडौँ।प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणबारे चर्चा भइरहेका बेला तत्कालीन अर्थमन्त्री एवं पूर्व अर्थसचिव रामेश्वर खनालले त्यसको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै सार्वजनिक गरिने सम्पत्ति विवरणभन्दा राज्यका आधिकारिक निकायमा बुझाइने करसम्बन्धी रेकर्डहरू बढी आधिकारिक हुने बताए।
‘सम्पत्ति घोषणाहरू प्रायः कम भरपर्दो हुन्छन्स यसको विपरीत, आन्तरिक राजस्व कार्यालयमा पेस गरिएको आय विवरण र कर चुक्ता रेकर्डहरूले वित्तीय अखण्डताको मूल्यांकन गर्न बढी विश्वसनीय, पारदर्शी र प्रमाणित आधार प्रदान गर्दछन्।’ उनले सञ्जालमा लेखेका छन् ।
सम्पत्ति विवरण प्रायः कम विश्वसनीय हुने उल्लेख गर्दै आर्थिक पारदर्शिता मूल्यांकनका लागि यस्ता विवरणभन्दा करसम्बन्धी कागजातहरू बढी भरपर्दो हुने उनले बताए ।