
काठमाडौं । अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ)को रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ बनाउने कार्य सुरु भएको छ । वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन सुरु गरिएकाे हाे । काठमाडौं उपत्यकाका वृद्धवृद्धालाई कनकचैत्य महाबिहारमा रहेको अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ) को दर्शन गराउन लागि रथलाई नगर परिक्रमा गराउने चलन छ ।





