काठमाडौं । पश्चिम एसियामा जारी संघर्ष दिनप्रतिदिन भयावह बन्दै गइरहेको छ ।
अमेरिका र इजरायलको भीषण आक्रमणविरुद्ध इरानले पनि जोडदार प्रत्याक्रमण गरिरहेको छ ।
मिसाइल र ड्रोनको गर्जनबीच यो संघर्ष अब १५औँ दिनमा प्रवेश गरिसकेको छ । पूरै क्षेत्रमा तनाव छ ।
यसैक्रममा इरानले साउदी अरबमा रहेको अमेरिकी एयरबेसमाथि आक्रमण गरेको बताइएको छ, जसमा अमेरिकी वायुसेनाका धेरै विमान क्षतिग्रस्त भएका छन् ।
अहिलेसम्म हमलामा कोही घाइते भएको वा मृत्यु भएको खबर आएको छैन ।स्रोतका अनुसार, विमानहरू पूर्ण रूपमा नष्ट भने भएका छैनन् । तिनलाई मर्मतका लागि पठाइएको छ ।