
काठमाडौं।भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले गल्ती गर्नेलाई कारबाही सिफारिस भएको बताएको छ।
प्रवक्ता एवं आयोगका सदस्य विज्ञानराज शर्माले कारबाहीका लागि सिफारिस भएको बताए। यद्यपि ककसलाई कस्तो किसिमको कारबाही सिफारिस भएको भन्ने उनले खुलाएनन्।

‘२३ र २४ गते देखेका फ्याक्ट फाइन्डिङ प्रयास गरेका छौ प्रमाणका आधारमा राय सुझाव दिएका छौं। सरकारले ओन गर्यो। सरकारले यसको आवश्यक कारबाही गर्छ,’ उनले भने, ‘जसले गल्ती गरेको कारबाही हुन्छ। जसले गरेको छैन कारबाही हुँदैन।’ उनले भदौ २३ गतेको घटनामा सुरक्षा चुक भएको बताए।प्रतिवेदन करिब ८ देखि १० हजारसम्म पाना छ। आयोगले २०० भन्दा बढी मानिसको बयान, कागजात गराएको पनि उनले बताएका छन्।
गत भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको सो आयोगको तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिन अघि आयोगले प्रतिवेदन बुझाएको हो ।