काठमाडौं। हुम्लामा हिमपात भएको भएको छ ।
गत भदौदेखि वर्षात् नभएको हुम्लामा वर्षा भएसँगै यस वर्षकै पहिलोपटक हिउँ पर्न थालेको हो ।
हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी परेपश्चात् हिमपात हुने गर्छ भने माथिल्लो हुम्ला सिमकोट, नाम्खालगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ ।
हिमपातले जनजीवन कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्ण रूपमा बन्द भएको छ ।
हिमपात र वर्षाको कारण स्थानीयवासी भने खुशी भएका छन् ।