
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवारी दिएका उमेदवारले चाहेको खण्डमा आज उमेदवारी फिर्ता लिन सक्नेछन् ।
दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने निर्वाचन आयोगको पूर्वप्रकाशित निर्वाचन कार्यतालिका छ ।
आज दिउँसो १ देखि ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ ।
आजै अपराह्न ४ देखि साँझ ७ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

