
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।
त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनले बताएका छन्।
‘प्रतिक्रियावादीहरूले विगतदेखि नै षड्यन्त्र गरिरहेका छन्,’ उनले भने, ‘हामी भन्न चाहन्छौं, हामी प्रतिक्रियावादी शक्तिका दया, माया र कृपाले यहाँ आएका होइनौं । संघर्ष गरेर यहाँ आएका हौं । संघर्ष गरेरै टिकेका हौं ।’
४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
नेकपा एमाले पार्टी रहँदासम्म त्यस्तो षड्यन्त्र सफल नहुने उनको भनाइ छ ।
‘हामी देशविरुद्ध र हाम्राविरुद्ध भइरहेका कुनै पनि षड्यन्त्र सफल हुन दिने छैनौं । नेपाल हार्दैन । हार्न दिइने छैन । किनभने, यहाँ नेकपा एमाले छ,’ उनले भने ।