काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिन अनुसार यसको प्रभावले देशका केही पहाडी भूभागमा आंशिक बदली र तराईमा कुहिरो लाग्ने सम्भावना रहेको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
तराईका केही स्थानहरूमा भने हल्का कुहिरो लाग्ने सम्भावना छ। देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।
यसैगरी, आज राति पनि कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ।
यसैगरी तराईका केही ठाउँहरूमा कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेको र बाँकी क्षेत्रमा भने मौसम सफा रहने छ।