काठमाडौं।उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आफूले रास्वपासँग कुनै ठूलो पद बार्गेनिङ नगरेको दाबी गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।
घिसिङले भने, ‘म रास्वपाको साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूलाई एड्जसमेन्ट गर्छु भनेको थिएँ ।’
पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी र पार्टी सदस्यहरूका लागि वितेका १२ दिन पीडादायी समय बन्न पुगेको बताए ।
‘मैले उज्यालो नेपाल पार्टीको सदस्यता लिएको छु । म आजै बसेको केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षमा चयन भएको छु। उज्यालो नेपाल पार्टीलाई आगामी दिनमा मेरो नेतृत्वमा देशव्यापी प्रभावकारी रुपमा अगाडि बढाउनेछु’, उनले भने ।