काठमाडौं । रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकताको सहमति तुहिएको छ ।
रास्वपानिकट एक नेताले दिएको जानकारीअनुसार अब चुनावमा सँगै जाने अवस्था अन्त्य भएको छ । आज भएको निर्णायक वार्तामा कुलमानले रास्वपाको नाम परिवर्तन गर्ने प्रस्ताव गरेका थिए । साथै, उनले आजको वार्तामा वरिष्ठ उपसभापति, एक महामन्त्री पद मागेका थिए भने पार्टीको विचारधारा समाजवाद राख्न प्रस्ताव गरेका थिए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सहित भएका पछिल्ला छलफलहरूमा सहमति जुट्न नसकेको हो ।
ऊर्जामन्त्री पदबाट राजीनामा दिएका कुलमान यसबीच पटकपटक रास्वपा सभापति रवि लामिछानेसहितको छलफलमा थिए ।
