
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज (मंगलबार) उमेदवार टुंगो लगाउने भएको छ ।
पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंगलबार उमेदवार टुंगो लगाउने निर्णय गरेको थियो ।
यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
बैठकले राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरूसँगको चुनावी तालमेललगायत विषय र उमेदवारको विषय टुंगो लगाउने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
सोमबारको बैठकमा चुनावी तालमेलका लागि एमाले, नेकपालगायत दलहरूसँग पार्टीको शीर्ष तहबाट छलफल भइरहेकाले मंगलबार बैठक बसेर निर्णय लिने निष्कर्ष निस्किएको प्रवक्ता महतले बताएका थिए ।