
काठमाडौं ।आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा २६ जना थप भएका छन् । रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
आइतबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्थ थप गर्ने निर्णय गरेको हो ।
यसरी थपिएका काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह वरिष्ठ नेता अन्य केन्द्रीय सदस्य सुनिल लम्साल, भूप देव शाह ,सस्मित पोखरेल, सागर ढकाल सरिता ज्ञवाली , रमेश पौडेल , केपी खनाल, खडक राज पौडेल, सन्तोष गिरी ,लक्ष्मण थारु ,खगेन्द्र सुनार,डा. नमिता यादव,लक्ष्मी बर्देवा ,राम कुमार ढुंगाना क्रमश रहेका छन् ।