काठमाडौं । चीनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई तत्काल रिहा गर्न अमेरिकासँग आग्रह गरेको छ ।
शनिबार राति अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरो दम्पत्तिलाई गिरफ्तार गरेर अमेरिका लगेपछि बेइजिङले रिहा गर्न आग्रह गरेको हो ।
आइतबार चिनियाँ परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले अमेरिकाले गरेको सैन्य हस्तक्षेपको विभिन्न देशका सरकारले आपत्ति जनाएको खबरबारे प्रतिक्रिया जनाउँदै सो धाराणा राखेका चिनियाँ सरकारी समाचार संस्था सिन्हाले जनाएको छ ।
चीनले यो घट्नालाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता तथा संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तको स्पष्ट उल्लङ्घन भएको बताए ।

