वीरगंज । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ।
शनिबार पर्साको वीरगञ्ज स्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक सुरू भएको पार्टीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक, संगठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल, पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष छलफल हुने उपमहासचिव यादवले जानकारी दिए।
बैठक दुई दिनसम्म चल्ने आयोजकले बताएका छन् ।