काठमाडौं। नेकपा एमालेको ११ औं महाधिवेशनमा पदाधिकारी पदमा इश्वर पोखरेलको नेतृत्वमा गोकर्ण विष्ट,परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपालले प्रतिस्पर्धा गर्नेछन् । उपाध्यक्ष्यमा एकजनाको नाम टुंगो लगाउन बाँकी छ ।
उनको प्यानलबाट महासचिवको उमेरवार सुरेन्द्र पाण्डे हुने टुंगो लागेको छ ।
उपाध्यक्षमा गोकर्णसँगै परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपालले प्रतिस्पर्धा गर्नेछन् । उपाध्यक्ष्यमा एकजनाको नाम टुंगो लगाउन बाँकी छ ।
उपमहासचिवमा योगेश भट्टराई उमेदवार बन्नेछन् । बाँकी दुई उमेदवार कसलाई बनाउने छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।
सचिवमा रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैर, इन्द्रलाल सापकोटा उठ्ने भएका छन् ।बाँकी २ जनाको टुँगो भएको छैन् ।