
काठमाडौं। नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहबाट पदाधिकारीका नाम करिब टुंगो लगाइएको छ ।
ओलीको नेतृत्वमा उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लाइएको स्रोतले जानकारी दिएको छ ।
पौडेल, थापा र बराल १०औँ महाधिवेशनबाट उपाध्यक्ष बनेका थिए ।
यसैगरी महासचिवमा पुन शंकर पोखरेल,उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकालको नाम रहेको स्रोतले जनाएको छ ।
सचिवमा लेखराज भट्ट, छविलाल विश्ववकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेतको नाम तय गरिएको छ ।




