
भक्तपूर । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वाधीनताको लडाइँमा आफूहरू एमालेसँग एउटै मोर्चामा रहेको बताएका छन्।
शनिबार एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विप्लवले एमालेमाथि भयानक प्रहार भएको अवस्थामा स्वाधीनताको लडाइँमा भने आफूहरू पनि ऊसँग एउटै मोर्चामा रहेको बताएका हुन्।
‘एमालेमाथि अलि बढी नै हमला भएको छ। हमला हुनुको एउटै कारण छ। एमालेले राष्ट्रिय स्वाधिनताको पक्षमा अडान राख्दै आएको छ’ उनले भने,-‘ त्यसलाई हामी जहाँ बसे पनि, हामी प्रतिबन्धमा भए पनि, खुला भए पनि स्वाधीनताको लडाइँ चलेको अवस्थामा हामी एउटै मोर्चामा उभिएको अनुभूति हुन्छ।’
