काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र तोडफोडबारे अनुसन्धान गर्न बनेको गौरीबहादुर कार्की आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बिहीबार सोधपुछ गरेको छ। सिंहदरबारस्थित आयोगको कार्यालयमा अर्याललाई बोलाएर सोधपुछ गरिएको आयोगका प्रवक्ता एर्व पूर्व एआईजी विज्ञानराज शर्माले जानकारी दिए।
अर्यालले भदौ २४ मा जेनजी प्रदर्शन हुँदा आफू बालुवाटारमा रहेको बताएका छन्। ‘म दिनभर बालुवाटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै थिएँ ।’उनले भनेका छन्।
प्रदर्शन उग्र बनेपछि ओलीलाई बचाउन आफूले भूमिका खेलेको अर्यालले बताएका छन्।
आयोगले राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डिआइजी कृष्ण खनाल, नेपाल प्रहरीका एसपीद्ववय अपिल बोहरा र कुलदीप चन्दसँग पनि बयान लिएको छ ।