
काठमाडौं।आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
लिग(२ को जारी सिरिजमा नेपालले अमेरिकासँग दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल १०६ रनले पराजित भएको थियो।
दुई साताअघि टी-२० मा सानदार प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको नेपालको एकदिवसीयमा भने कमजोर देखिएको छ।
जारी सिरिजको दोस्रो खेलमा पनि नेपाल युएईसँग पराजित भएको थियो।
नेपालले आज खेल्न लागेको तेस्रो खेल हो। ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ।
नेपाली टीममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, मो.आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मो. आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी रहेका छन् ।
५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ।
