
काठमाडौं, माघ २४ गते । छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली मुवाँथाई टोली शनिबार कम्बोडिया प्रस्थान गरेको छ । फेब्रुअरी ८ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ६० केजीमा मुकेश लुइटेल खत्री, ५४ केजीमा सन्दिप तामाङ र ४५ केजीमा पुस्करदेव मल्लले प्रतिस्पर्धा गर्ने छन् । महिलामा ४८ केजीमा सुस्मा चौधरीले खेल्नेछिन् ।
सुस्मा हाल कम्बोडियामै प्रशिक्षणरत रहेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । कक्षपति पनि प्रशिक्षकका रुपमा कम्बोडिया गएका छन् ।




