काठमाडौं।नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्को पार्टी बनाउने बताएका छन्।
केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसहित समाजवादी मोर्चा घटक दलसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता खनालले समयले एकीकृत समाजवादी पुनः गठनको माग गरेको बताएका हुन्।
‘अब हामी अर्को पार्टी बनाउँछौं। यसको स्वरूप कस्तो हुन्छ, त्यो अहिले नै तय भएको छैन। तर पार्टी पुनः गठन गर्छौं नै’ उनले भने।
‘तानाशाही तरिकाले पार्टी चल्दैन। क्रान्तिकारी पार्टी निर्माण गर्ने अवसर आएको छ। हामी त्यो कार्यभार पूरा गर्छौं’खनालले भनेका छन्।
सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, स्थायी कमिटी सदस्य रामकुमारी झाक्री, विजय पौडेल, जीवनराम श्रेष्ठसहित एक दर्जन भन्दा बढी नेताहरुले एकीकरण प्रक्रियामा सामेल नहुने बताइसकेका छन्।