काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सांस्कृतिक कार्यक्रमहरूमा राजनीतिक गन्ध आउनु राम्रो नहुने बताएकी छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले सांस्कृतिक कार्यक्रमहरूमा कुसंस्कारका पक्षहरूको गन्ध आउन नहुने पनि उल्लेख गरिन् । सांस्कृतिक कार्यक्रममा कुसंस्कार र राजनीतिक गन्ध आउन नदिन सबैजना एकजुट हुन आवश्यक रहेको बताइन् । यस्ता पर्वहरूमा सबैजना रमाउने र खुसी हुनुपर्नेमा उनको जोड थियो ।
“सांस्कृतिक कार्यक्रमहरूमा कुनै पनि राजनीतिक गन्ध आउनु हुँदैन । कुसंस्कारका पक्षहरूको गन्ध आउनु हुँदैन । यो विशुद्ध सांस्कृतिक पर्व हो । सबैजना रमाउने र खुसी हुने पर्व हो । यो रमाउने, खुसी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका जुनैपनि वेला सम्पूर्ण सरोकारवाला निकायहरूसँग नजिकबाट नै काम गरिरहेका छौँ र साथमा छौं । ” उनले भनिन् ।







