
काठमाडौं । गोरखाको धार्चे-५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् ।
बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् ।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए ।
यसको थप विवरण आउन बाँकी छ ।

