बनेपा,काभ्रे।महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्तीको अवसरमा दुई साहित्यकार सम्मानित भएका छन् ।
बनेपा,जनगालमा रहेको सयपत्री प्रतिष्ठान नेपालले हरेक वर्ष प्रदान गर्ने सयपत्री राष्ट्रिय सम्मानबाट प्रा.डा.रामप्रसाद दाहाल र डा.अनन्त अधिकारी दम्पत्ती सम्मानित भए ।
गत शनिबार आयोजित कार्यक्रममा सम्मानित जोडीलाई सम्मानपत्र,सयपत्रीको माला,दुवोको माला, दोसल्ला र बाटोखर्च वापत पाँच हजार एक नगदसहित सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
स्मरणीय छ ,वि.सं.२०५५ सालदेखि वर्षेनी लक्ष्मी जयन्तीको अबसरमा उक्त सम्मान प्रदान गर्दै आएको छ ।