उनले लद्धाखको प्रदर्शनमा ज्यान गुमाउनेहरूका परिवारहरूप्रति समवेदना व्यक्त गर्दै चार सदस्यहरूको मृत्युको स्वतन्त्र न्यायिक अनुसन्धानको माग गरेका छन् । साथै स्वतन्त्र न्यायिक छानबिन नभएसम्म आफु जेलमा रहन इच्छुक रहेको बताएका छन् ।
उनले भनेका छन्- ‘म सर्वोच्च निकाय, केडीए र लद्दाखका जनताको संवैधानिक अधिकार – छैटौं अनुसूची र राज्यत्वको वास्तविक मागमा पूर्ण रूपमा उभिएको छु । सर्वोच्च निकायले लद्दाखको हितमा चाल्ने जुनसुकै कदमलाई म पूर्ण रूपमा समर्थन गर्छु । म जनतालाई शान्ति र एकता कायम राख्न र शान्तिपूर्ण रूपमा गान्धीजीको अहिंसाको मार्ग पछ्याउँदै हाम्रो संघर्ष जारी राख्न अपील गर्दछु ।’
सेप्टेम्बर २४ मा लेहमा लद्दाखलाई पूर्ण राज्यको दर्जा र छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै हिंसात्मक प्रदर्शनहरू भएका थिए । यसपछि वाङचुकलाई उनको गाउँ उलेटोकपोबाट पक्राउ गरिएको थियो ।