काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन आफू हर प्रयास गरिरहेको बताएका छन्।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार, विमर्श र हरप्रयास गरिरहेको उल्लेख गरेका हुन्।
राष्ट्रपति पौडेलले मुलुकलाई सम्बोधन गर्नुपर्ने मागसहित सामाजिक सञ्जाल र काठमाडौं लगायत ठाउँमा प्रदर्शन हुन थालेपछि राष्ट्रपतिले विज्ञप्ति निकालेका छन्।

उनले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन पनि आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न पनि अपिल गरेका छन्।