काठमाडौं।संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ मा भएको हेरफेरबारे छानबिन गर्न गठन भएको समितिले आजै निष्कर्षसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ।
समितिलाई छानबिन गर्न दिइएको समयसीमा आइतबार सकिएको छ।
आइतबार राति अबेरसम्म बसेको बैठकबाट निष्कर्ष नआएपछि सोमबार बिहानै ७ बजेदेखि समितिको बैठक बसिरहेको छ।
आइतबार समितिलाई दिइएको समयसिमा सकिए पनि आइतबारकै बैठकको निरन्तरता भनेर सोमबार बिहानदेखि बैठक बसिरहेको छ।
समितिका सभापति जीवन परियारले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गर्ने तयारी रहेको बताएका छन्। प्रतिनिधि सभा बेठक दिउँसो १ बजे बस्ने तय छ।