काठमाडौं । अविरल वर्षाका कारण पहिरो खसेर कान्ति लोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ । बागमती गाउँपालिका–३ स्थित पाङ्दुर डोल र टाकुर्चेमा सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताएका छन् ।
यसैगरी महालक्ष्मी नगरपालिका हुँदै काभ्रे,पनौती जाने सडक पनि अवरुद्ध भएको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्ने खर्कमा पहिरो आएर सड्क अवरुद्ध भएको स्थानीयले बताएका छन् ।