काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
भर्खरै शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराएका हुन्।
शपथ ग्रहणपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुर्सी हस्तान्तरण गरेका छन्।
प्रधानमन्त्री ओलीले सपथ लिएपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका छन्। ओली सरकारमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र नेकपा (एमाले) बाट विष्णु पौडेल उपप्रधानमन्त्री छन्।

शपथग्रहण समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थहरूको उपस्थितिमा सम्पन्न शपथग्रहणमा नव नियुक्त उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास,विष्णु पौडेल, उपप्रधान तथा अर्थ मन्त्रीले शपथ ग्रहण गर्नुभएको थियो ।

यसैगरी मन्त्रीहरु क्रमशः पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय,रमेश लेखक, गृह, शरतसिंह भण्डारी, श्रम तथा रोजगार, आरजु राणा देउवा, परराष्ट्र, नवलकिशोर साह सुडी, महिला बालबालिका,बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी, दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति, देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात, तेजुलाल चौधरी, युवा तथा खेलकुद,प्रदीप यादव, खानेपानी,प्रदीप पौडेल, स्वास्थ्य,अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला,बद्री प्रसाद पाण्डे, पर्यटन,रामनाथ अधिकारी, कृषि,विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि,मानवीर राई, रक्षा,दीपक खड्का, जलस्रोत तथा ऊर्जा,राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण मन्त्री लगायतले शपथ ग्रहण गर्नुभएको थियो ।