
काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रम एवं एमाले अध्यक्ष केपी ओलीलाई भेट्न च्यासल पुगेकी छिन् ।
तर ओली भने अझै पुगेका छैनन् ।
दिउसो ३ बजे वार्ता गर्ने समय निर्धारण गरेको भनिएपनि प्रम ओलीको व्यस्तताले निर्धारित समयमा पुग्न नसकेको बताइएको छ ।
पूर्व राष्ट्रपति भण्डारीको राजनीतिमा सक्रिय हुने घोषणाले एमाले बृत्तमा तरंग पैदा गरिरहेको बर्तमान सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।